सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मापसे गरेर बुबासँग झगडा गरेका युवकले आफ्नै पेटमा चक्कु हानेपछि...

मापसे गरेर बुबासँग झगडा गरेका युवकले आफ्नै पेटमा चक्कु हानेपछि...

 |  मंगलबार, असोज २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २९, २०८१

दाङमा आफैंले पेटमा चक्कु प्रहार गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

National life

भक्तपुरको नगरकोट नगरपालिका– १४ का २८ वर्षीय अनिल तामाङको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

तामाङले मंगलबार बिहान साढे ९ बजे आफ्नै पेटमा छुरा प्रहार गरेपछि उपचारका लागि तुलसीपुर ल्याइएको थियो। पौने ११ बजेतिर उनको मृत्यु भएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

अनिल असोज २३ गते दाङको बबई गाउँपालिका– ४ हापुरे गएका थिए। अनिलका बुबा, दाजु र बहिनी लगायत परिवारका सदस्यले हापुरे बजारमा डोल्मा होटल सञ्चालन गर्दै आएका छन्।

अनिलले बिहानै मदिरा सेवन गरी बुबा सोमार तामाङसंग झगडा गरेपछि आफ्नै पेटमा छुरा हानेका थिए । प्रहरीका अनुसार अनिलले सम्पत्तिको बविषयमा बुवा सोमारसँग यसअघि पनि पटकपटक विवाद भएको थियो।

Shivam cement

प्रहरीले छोराको उपचारका लागि आएका बुबा सोमारलाई तुलसीपुरबाट र अनिलका ३१ वर्षीय दाजु पूर्णलाई हापुरेस्थित होटेलबाट नियन्त्रणमा लिएको छ। उनीहरूसँग घटनाबारे सोधपुछ भइरहेको छ।

प्रकाशित: Oct 15, 2024| 12:08 मंगलबार, असोज २९, २०८१
प्रतिक्रिया दिनुहोस्