मंगलबार, पुस १, २०८२

डेंगुको चपेटामा बंगलादेश

 |  आइतबार, असोज २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २७, २०८१

बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ। जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो। जनवरीदेखि  हाल सम्म डेङ्गु सङ्क्रमयाबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ।

National life

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ।

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्कक्रमण पुष्टि भएको  छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१०  डेङ्गुका घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने  थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन्। 

बङ्लादेशमा सन् २०२३ मा डेङ्गु सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो।

Laxmi sunrise bank
kumari

डेङ्गयु ज्वरो संक्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। डेङ्गु लागेक बिरामीहरुमा टाउको दुख्ने, उच्च ज्वरो आउने,  मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन्।

प्रकाशित: Oct 13, 2024| 19:00 आइतबार, असोज २७, २०८१
प्रतिक्रिया दिनुहोस्