सोमबार, जेठ १८, २०८३

हेटौंडाबाट काठमाडौं जान कुन हो वैकल्पिक सडक ?

 |  आइतबार, असोज २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २७, २०८१
National life
Shivam cement

हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। 

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताए।

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको उनले जानकारी दिए।

प्रकाशित: Oct 13, 2024| 16:00 आइतबार, असोज २७, २०८१
प्रतिक्रिया दिनुहोस्