मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जलवायु परिवर्तनका कारण फेरियो मनसुन प्रणाली

 |  आइतबार, असोज २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २७, २०८१

काठमाडौं- जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा  पनि फेरबदल भएको बताएका छन्।

triton college

यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन्। 

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल भनेका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ। यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए।

उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताए। “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने।

मौसमविद् विष्णु घिमिरे पनि  मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन्।  जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुन सक्ने उनको बुझाइ छ।

Metro Mart
vianet

प्रकाशित: Oct 13, 2024| 13:30 आइतबार, असोज २७, २०८१
प्रतिक्रिया दिनुहोस्