बुधबार, भदौ ३, २०८३

उपत्यकाबाट बाहिरिए १३ लाख यात्रु

 |  शुक्रबार, असोज २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २५, २०८१

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो। अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले राससलाई जानकारी दिनुभयो। 

“हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।” अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए। 

प्रकाशित: Oct 11, 2024| 19:51 शुक्रबार, असोज २५, २०८१
प्रतिक्रिया दिनुहोस्