सोमबार, जेठ १८, २०८३

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

 |  शनिबार, असोज २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज २६, २०८१

गण्डकी- दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ। 

National life

विगत केही वर्ष अघिसम्म देखिन छाडेको पिर्के पिङ दशैं तिहारमा पुनः संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको हो। काठबाट बनाइने यस पिङलाई ठाँउअनुसार चर्खे, रोटे, रंगते, चम्राली पिङ आदि भन्ने गरिन्छ। नेपाली प्राचीन संस्कृतिसँग जोडिएको पिङ मनोरञ्जनको साधन हो।

यहाँको रुपा गाउँपालिकाले दुई वर्ष यता पिर्के पिङको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष नबराज ओझाले बताउनुभयो। “पिर्के पिङप्रतिको आकर्षण बढाउन दुई वर्षदेखि गाउँपालिकाले पिङ हालेवापत रु १० हजार  प्रोत्साहन रकम दिने गरिएको छ”, उहाँले भन्नुभयो, “दुई वर्ष अघि छ वटा मात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ।”    

कास्कीकै पोखरा महानगरपालिका क्षेत्रका कसेरी, बरपौवा, ठूलोपाटन लगायतका क्षेत्रमा पिङ हालिएको छ। २०४१ साल अघिसम्म पिर्के पिङ हाल्ने गरिएको पोखरा महानगरपालिका वडा नं ३२ ठूलोपाटनमा ४० वर्ष पछि प्रगतिशिल सामुदायिक वन उपभोक्ता समितिको सकृयतामा यस वर्ष पिर्के पिङ हालिएको वन उपभोक्तासमितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिनुभयो।

“हामी सानो हुँदा ठूलोपाटनमा पिर्के पिङ हाल्ने गर्थ्यौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “त्यस यता पिङ हाल्ने प्रचलन हराएपछि संस्कृतिको जगेर्ना गर्न यस वर्षदेखि पुनः पिङ हाल्न थालिएको हो।” तात्कालीन समयमा पिङ हालेका अनुभवी जनशक्तिसँग परामर्श लिनुका साथै रुपा गाउँपालिका–४ ठकुरी गाउँमा पुगेर पिङमा प्रयोग गरिने सामग्रीको नाप बारे जानकारी लिइएको उहाँले बताउनुभयो।

Shivam cement

दसैंका समयमा विशेष गरी टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने प्राचीन विश्वासका आधारमा पिङ खेल्ने गरिएको बुढापाका बताउँछन्। 

प्रकाशित: Oct 12, 2024| 07:00 शनिबार, असोज २६, २०८१
प्रतिक्रिया दिनुहोस्