शुक्रबार, चैत १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • निर्माण व्यवसायीले समयमै काम नगर्दा कर्णालीमा ३३ ठूला आयोजना अलपत्र

निर्माण व्यवसायीले समयमै काम नगर्दा कर्णालीमा ३३ ठूला आयोजना अलपत्र

 |  बुधबार, असोज २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज २३, २०८१

सुर्खेत- कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन्।

National life

सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन्।

बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका आयोजना अलपत्र परे पनि प्रदेश सरकार बेखबर बन्दै आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले गुनासो गरे।

आर्थिक वर्ष २०८०/८१ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ९४.८० किलोमिटर सडक कालोपत्र गरेको छ।

सबैभन्दा बढी सुर्खेतमा ३०.३३ किमी, दैलेखमा ९.६, जुम्लामा २.६३, सल्यानमा १७.३ किमी, रुकुमपश्चिममा २० मिटर, कालिकोटमा १.१६६ किमी, मुगुमा ०.३ मिटर, जाजरकोटमा ०.४४ किमी र सडक कार्यालयले १२.४ किलोमिटर गरी जम्मा ९४.८० किलोमिटर सडकमा पिच गरिएको छ।

Laxmi sunrise bank
kumari

हुम्ला, डोल्पामा पक्की सडक निर्माण भएको छैन। कर्णालीका १० जिल्लामा १८६.६ किलोमिटर ग्राभेल सडक निर्माण भएको सूचना अधिकारी कार्कीले जानकारी दिए।

हालसम्म अठारवटा सडकमा पुल निर्माण भएको बताएको छ। सुर्खेतमा सबैभन्दा बढी पुल निर्माणका काम भएका छन्भने कालिकोट, मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा त्यो शून्यप्रायः छ। तीन सय ८४ वटा साना तथा मझौला आयोजना सम्पन्न भएकामा ८८ वटाको काम जारी रहेको र ६५ वटा कार्यान्वन हुन बाँकी छ।

नसकेकामा राखिएको छ। उक्त मन्त्रालयका अनुसार ३० लाख रूपैयाँभन्दा कम लागतका ९६ वटा योजनामध्ये नौवटा सम्पन्न भएका  छन्। रासस

प्रकाशित: Oct 09, 2024| 19:01 बुधबार, असोज २३, २०८१
प्रतिक्रिया दिनुहोस्