बुधबार, असोज २३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीले ५० लाख बराबरको केरा नोक्सान

 |  बुधबार, असोज २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २३, २०८१

सुनसरी- सुनसरी सदरमुकाम इनरुवा-४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए। सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍यायाएपछि उनी चिन्तित छन्। उनले भने, 'आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए। दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो।'

triton college

केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए। बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ। उनले भारतको मदरासबाट मदरासी(चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाएका थिए।

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए। बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्यांक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए।

बाढीले ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए। बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ।

हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन्।

Metro Mart
vianet

यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पुर्‍याएका कारण बजारमा केरा अभाव हुनसक्ने आकलन गरिएको छ भने मूल्य बढ्ने आकलन गरिएको छ। सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ। रासस

प्रकाशित: Oct 09, 2024| 20:01 बुधबार, असोज २३, २०८१
प्रतिक्रिया दिनुहोस्