सोमबार, जेठ १८, २०८३

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

 |  मंगलबार, असोज २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २२, २०८१
National life
Shivam cement

म्याग्दी- धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ। हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो। 

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो। शव ल्याउने तयारी भइरहेको छ। आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँ पठाइएको छ। 

प्रकाशित: Oct 08, 2024| 17:01 मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्