सोमबार, जेठ १८, २०८३

मानव अधिकार आयोग दसैंमा पनि खुला रहने

 |  मंगलबार, असोज २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २२, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ।

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

आयोगले यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ। रासस

प्रकाशित: Oct 08, 2024| 18:01 मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्