बुधबार, असोज २३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • सिन्धुली पुगेका गृहमन्त्री लेखकले भने- एक साताभित्र वीपी राजमार्ग चल्छ

Siddartha premir insuranceSiddartha premir insurance

सिन्धुली पुगेका गृहमन्त्री लेखकले भने- एक साताभित्र वीपी राजमार्ग चल्छ

 |  मंगलबार, असोज २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २२, २०८१

गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन्।

triton college

मंगलबार बाढीपहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए।

‘वीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था हुन्छ। यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठूलो भूमिका देखिएको छ।’ विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

‘यो समस्यामा कहाँ जाउँला के गरुँला यो नसोच्नुहोला। सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो,’ उनले भने। विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो।

‘यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन्। तीनवटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नुछ,’ मन्त्री लेखकले भने। उनले पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे।

Metro Mart
vianet

सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन्।

यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गरेका थिए।

प्रकाशित: Oct 08, 2024| 13:17 मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्