मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • भ्रम फैलाउने ४३ युट्युव च्यानललाई कारवाही गर्न प्रहरीमा सिफारिस

Siddartha premir insuranceSiddartha premir insurance

भ्रम फैलाउने ४३ युट्युव च्यानललाई कारवाही गर्न प्रहरीमा सिफारिस

 |  सोमबार, असोज २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१

काठमाडौं- प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ।

triton college

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको हो। कारवाहीको लागि लेखी पठाइएका ती कुनै पनि युट्युव च्यानल सञ्चारमाध्यमका रूपमा दर्ता छैनन् । दर्ताविनाका यी च्यानललाई सचेत गराई नसच्चिएपछि थप कारवाहीका लागि प्रहरीमा आग्रह गर्ने गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिल अध्यक्ष बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरिएको हो।

काउन्सिलले सोमबार विज्ञप्ति जारी गरी गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार विषयको अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउनेविरुद्ध कारवाही तीव्र पारिएको जनाएको हो।

त्यस्तै साउनयता मात्र आचारसंहिता पालनाको निर्देशन अटेर गर्ने एबीपी क्राइमन्यूज डट कम, टीभि अन्नपूर्ण डटकम र सेतोखरी डटकमलाई कालोसूचीमा राखिएको छ। साउनयतामात्र ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Metro Mart
vianet

युट्युव च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासा बढ्न थालेपछि कार्यविधि बनाएर काउन्सिलले नियमन थालेको छ ।

 

 

प्रकाशित: Oct 07, 2024| 16:34 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्