सोमबार, जेठ १८, २०८३

बाढीपहिरोले टेम्केमैयुङ लेखर्कमा करोडौंको क्षति

 |  सोमबार, असोज २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१

भोजपुर- हालैको वर्षाले टेम्केमैयुङ-९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो। 

National life

बाढीपहिरोका कारण यहाँ चारको करोड रुपैयाँभन्दा बढीको क्षति भएको टेम्केमैयुङ-९ का वडाध्यक्ष नभराज माङ्पाहाङले बताए। हाल क्षति पुगेका संरचनाको विवरण संकलनको काम भइरहेको उनको भनाइ छ।

पहिराले साविक वडा नं ६ काभ्रेमा बस्ती नै जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए। यहाँको राईटोल र विकटोल जोखिममा रहेको उनले जानकारी दिए।

'बाढी पहिराले चार करोड बढीको क्षति पुगेको अवस्था छ', उनले भने, 'काभ्रेको एउटा बस्ती नै जोखिममा छ। सडक, पुल, खानेपानी, सिँचाइ कुलोमा क्षति पुग्दा जनजीवनमा प्रत्यक्ष असर परेको अवस्था छ।'

त्यस्तै बाढीपहिराले काभ्रे खानेपानी आयोजना, लेखर्क खानेपानी आयोजनामा क्षति पुगेको छ। त्यस्तै गिद्धे सिँचाइ कुलो, धिमाल कुलो, बिसाउने कुलो, बजगाईँ कुलो, सुन्तले कुलो, विजलेस काभ्रे सिँचाइ कुलो र जौबारी सिँचाइ कुलोमा क्षति पुगेको छ।
 
साविक दुई वाइराङका तुलसी सुनार, सूर्य विकको घर र ज्ञानोदय आधारभूत विद्यायलय पहिराको जोमिखमा परेको वडा कार्यालयले जनाएको छ।  

Shivam cement

पाँचधारे प्रहरी चौकीको पश्चिम भागबाट पहिरो खस्दै गरेकाले जोखिममा रहेको वडाका प्रतिनिधि बताउँछन्। पहिराले दीपेन्द्र घिमिरे, इन्दिरा राई घिमिरे, जोधन राई, सीताराम घिमिरे र सूचन राईको घरमा असर परेको जनाइएको छ।

त्यस्तै स्थानीय कुमार विश्वकर्माको खेतमा क्षति पुगेको वडाले जनाएको छ। साविक-४ जाल्पादेवी आधारभूत विद्यालय र युवराज पुरीको घर पहिराको जोखिममा परेको जनाइएको छ। रासस

प्रकाशित: Oct 07, 2024| 19:01 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्