बुधबार, भदौ ३, २०८३

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै

 |  सोमबार, असोज २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१

काठमाडौं- आज नवरात्रको पाँचौं दिन हो। आज नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ।

भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन्। उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन्।

यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ। नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ। स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ।

उनलाई पद्मासना देवी पनि भनिन्छ।

प्रकाशित: Oct 07, 2024| 06:01 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्