शुक्रबार, असोज १८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छैटौं एसियाली जनसंख्या सम्मेलन मंसिरमा हुने

 |  शुक्रबार, असोज १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १८, २०८१

ललितपुर- छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मङ्सिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ५० देशका करिब ८०० प्रतिनिधिको सहभागिता रहने बनाइएको छ।

triton college


त्रिवि केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले चार दिनसम्म चल्ने काठमाडौँ सम्मेलनमा एसियाली मुलुकका जनसङ्ख्याविद्को तर्फबाट १७ विषयमा आधारित ४०० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जानकारी दिए।

विश्वको जनसाङ्ख्यिक परिदृष्य र प्रवृति, यसको राजनीतिक, सामाजिक तथा आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्यालाई प्राप्त हुने अवसर र चुनौतीलगायतका विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत हुने उनले बताए। अहिलेसम्म ४०० प्रतिनिधिसहित २६ देशका ३०० भन्दा बढी कार्यपत्र दर्ता भइसकेको सो अवसरमा बताइयो।

‘आसन्न सम्मेलनमा जनसङ्ख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने विश्वास गरिएको छ। नेपालको विकासका एजेण्डालाई थप प्रवर्द्धन गर्ने तथा प्रमाणमा आधारित विकासमा जोड दिनुपर्ने आवश्यकतालाई बढावा दिने अपेक्षा गरिएको छ।’ प्राडा गुरुङले भने।

समग्र विश्वसहित एसियाली क्षेत्रको जनसङ्ख्या व्यवस्थापनका पक्षमा नीति–नियम परिवर्तन गर्न तथा नेपालको जनसङ्ख्या नीतिलाई पुनरावलोकन गर्न आसन्न सम्मेलनले मार्गनिर्देश गर्ने उनले जानकारी गराए।

Metro Mart
vianet

‘जनसङ्ख्याको वास्तविक परदृष्यिलाई ध्यान दिन सकिएन भने समस्या निम्तिन सक्छ, यसलाई ख्याल गरेर नीति योजना बनाउनुपर्छ। जनसङ्ख्या संरचनामा भइरहेको स्थानान्तरणले विश्वसँगै नेपालले पनि विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिका बारेमा पुनःविचार गर्न आवश्यक छ। सम्मेलनले सरकारलाई यस विषयमा पनि काफी पृष्ठपोषण गर्ने हाम्रो विश्वास लिएका छौँ,’ प्राडा गुरुङले भने।

नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा पदमप्रसाद खतिवडाले जनसङ्ख्याको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबीच अध्ययन, अनुसन्धान र उत्कृष्ट अभ्यास अन्वेषण गरी साझा अवधारणा तयार गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।

‘जनसङ्ख्या वृद्धिदर, स्थानान्तरण तथा व्यवस्थापनसहित दिगो विकासका मुद्दामा आवश्यक नीति, योजना, अनुसन्धान, शिक्षण, अनुगमन तथा मूल्याङ्कन र अन्य समसामयिक विषयवस्तुमाथि सम्बद्ध सरकारी निकाय, विश्वविद्यालय, विकास साझेदार संस्था र अन्य सरोकारवालाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने सम्मेलन जनसङ्ख्यासम्बन्धी साझा समस्या, चुनौती र देशीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमा पहिचान गर्न केन्द्रित हुनेछ,’ डा खतिवडाले भने।

सम्मेलनको सचिवालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागमा रहने प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए। व्यवस्थित रुपमा सम्मेलन सम्पन्न गर्न सघाउ पुर्‍याउने उद्देश्यले प्रचारप्रसारसहित विभिन्न ६ उपसमिति गठन गरिएको जानकारी दिँदै प्रेस संयोजक अधिकारीले सम्मेलन खर्च करिब रु पाँच करोड लाग्ने बताए। रासस

प्रकाशित: Oct 04, 2024| 16:08 शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्