शुक्रबार, असोज १८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पहिरो जानुअघि देखिन्छन् यस्ता संकेत

 |  बिहीबार, असोज १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

काठमाडौं- देश अहिले बाढीपहिरोको चपेटामा परेको छ। सयौं नागरिकले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक क्षति भएको छ। 

triton college

पछिल्लो एक सातामा मात्र बाढीपहिरोमा परी २३३ जनाले ज्यान गुमाएका छन्। मानवीय र भौतिक क्षति पनि पहिरोबाट धेरै हुन थालेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कमा पनि बाढीभन्दा पहिरोका घटना धेरै भएका छन् भने मानवीय क्षति पनि पहिराले बढी गराएको छ।

जानकारहरुका अनुसार पहिरोका केही पूर्वसंकेतहरु देखिन्छन्। कहिलेकाहीँ तपाईंको वरिपरिका वस्तुहरुमा भएको परिवर्तनहरुले पनि पहिरोको संकेत दिने गर्छन्। यसको ख्याल गर्नुहोस् र पहिरोबाट हुन सक्ने जोखिमबाट सुरक्षित रहनुहोस्।

पहिरोका पूर्वसंकेत
- पहिरो जानुपूर्व भिरालो सुक्खा जमिनमा पानी रसाउन थाल्छ।
- जमिन भुक्क फुल्ने, धाँजा फाट्ने, पहिल्यै धाँजा फाटेको छ भने धाँजा फराकिलो हुने, भासिने र जमिनमुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउँछ।
- पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरु ढल्किने आदि संकेतहरु देखिन्छन्।
- पहिरोबाट जोगिनका लागि आफ्नो आसपासको जमिन तथा घर वा घर परिसरमा गहिरो चिरा परेको भएमा तुरुन्त सुरक्षित स्थानमा गएर बस्नुपर्छ।
- यस्तो अवस्थामा सकेसम्म छिटो पहिरो गएको स्थलबाट हिँडिहाल्नुपर्छ। घरका सरसामग्री लैजानतर्फ लाग्नु हुँदैन।
- पहिले पहिरो गएको ठाउँमा फेरि पनि पहिरो जान सक्छ। यस्तो ठाउँमा सकेसम्म बस्नु हुँदैन। साथै ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने अवस्थालाई लिएर चनाखो हुँदै सुरक्षित स्थानमा जानुपर्छ।

स्रोत: विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
 

Metro Mart
vianet

प्रकाशित: Oct 03, 2024| 19:58 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्