शनिबार, असार २१, २०८२

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

 |  बिहीबार, असोज १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

vianetvianet

झापा- हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ। स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

'जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ। खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो' सूचना अधिकारी चन्दले भने, 'घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ। मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ।'

झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ। जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ।

प्रकाशित: Oct 03, 2024| 13:15 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्