सोमबार, जेठ १८, २०८३

दसैंको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

 |  बिहीबार, असोज १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१
National life
Shivam cement

काठमाडौं- सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ। उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो।

सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो। रासस

प्रकाशित: Oct 03, 2024| 13:09 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्