शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिप्रदीयन सहायता संस्थाद्वारा मजदुरलाई खाद्यान्न सहयोग

सिप्रदीयन सहायता संस्थाद्वारा मजदुरलाई खाद्यान्न सहयोग

 |  बुधबार, असोज १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज १६, २०८१

vianetvianet

काठमाडौं- सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रा.लि.ले बाढी पीडित मजदुरलाई खाद्यान्न सहयोग गरेको छ।

हालै मात्र निरन्तरको वर्षाको कारणले क्षति भएको उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आईरहेका बाढी पीडित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु तथा खाद्यान्न सहयोग प्रदान गरेको हो।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु र सिप्रदी अटोपार्टस् प्रा.लि.का प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको थियो।

यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन्। सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुुहरु राहत स्वरुप वितरण गर्दैै आइरहेको छ।
 

प्रकाशित: Oct 02, 2024| 20:35 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्