बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कपिलवस्तुमा एनसेल फाउन्डेसनको नि:शुल्क स्वास्थ्य शिविर 

कपिलवस्तुमा एनसेल फाउन्डेसनको नि:शुल्क स्वास्थ्य शिविर 

 |  बुधबार, असोज १६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज १६, २०८१

vianetvianet

काठमाडौं- एनसेल फाउन्डेसनद्वारा प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९ निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

Kumaribank

यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसिजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए।

बिहान १० बजेबाट सुरू भएको शिविरमा आएका मानिसहरूले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरू पनि पाएका थिए।

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ।

Metro Mart

एनसेल फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो।

यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। यसका साथै एनसेल फाउन्डेसनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ।

'नेपालका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउँदै स्वास्थ्य नेपाल बनाउने हाम्रो उद्देश्य अनुरुप एनसेल फाउन्डेसनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो। हामीले समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैं प्रतिबद्ध रहेका छौं। यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरू गर्दै आएका छाैं। हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सिएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्।

एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ। एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू योजना बनाएको छ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब रूपैयाँभन्दा बढी योगदान गरिसकेको छ।

प्रकाशित: Oct 02, 2024| 20:32 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्