सोमबार, जेठ १८, २०८३

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

 |  बुधबार, असोज १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज १६, २०८१

काठमाडौं- एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ।

National life

यस अफर अन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३०५ देखि ५०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ भने १२० जना भाग्यशालि ग्राहकहरुलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ।

लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफुले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ।

नजिकिदै गरेको चाडपर्वलाई अझै विशेष रुपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थग उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ। व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ।
 

Shivam cement

प्रकाशित: Oct 02, 2024| 20:31 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्