आइतबार, माघ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफद्वारा कर्मचारीका लागि व्यक्तित्व विकास तालिम आयोजना

सिटिजन लाइफद्वारा कर्मचारीका लागि व्यक्तित्व विकास तालिम आयोजना

 |  बुधबार, असोज १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज १६, २०८१

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ।

National life

यसै सन्दर्भमा ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा सिटिजन लाइफले प्रधान कार्यालयका कर्मचारीहरुका लागि व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरेकाे थियो। यस कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा पूर्वमिस नेपाल सुगारिका केसीको उपस्थिती रहेको थियो।

कार्यक्रममा ६० भन्दा बढी कम्पनीका कर्मचारीहरुले लिएका थिए। कार्यक्रममा मुख्य गरी समय व्यवस्थापन, नेतृत्व, संचार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धि लगायत अन्य व्यक्तित्व विकासकालागि महत्वपूर्ण विषयहरुमा तालिम प्रदान गरिएको थियो।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बिसीले उपस्थित कर्मचारीहरुलाई प्रेरणागत रुपमा आगाडी बढ्नका लागि राणनीतिहरु सिकाएका थिए।

कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सबै सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै आउँदो दिनहरुमा यस तालिममा सिकेका कुराहरुले अझै मद्दत पुग्ने आशाका साथ, कार्यक्रमको सफलतापूवर्क समापन भएको घोषणाका साथै बधाई र शुभकामना व्यक्त गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 02, 2024| 20:30 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्