सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुन्डाई मोटर्सले पार गर्‍यो १० करोड सवारीसाधन उत्पादनको कोशेढुङ्गा

हुन्डाई मोटर्सले पार गर्‍यो १० करोड सवारीसाधन उत्पादनको कोशेढुङ्गा

 |  बुधबार, असोज १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज १६, २०८१

काठमाडौं- हुन्डाई मोटर्सले विश्वभर १० करोड सवारी साधन उत्पादनको महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। कम्पनीको स्थापना भएको ५७ वर्षमा हुन्डाईले १० करोड १ युनिट सवारीसाधन उत्पादन गर्न सफल भएको हो।

National life

विश्वव्यापी अटोमोटिभ उद्योगमा सबैभन्दा छिटो यो कोशेढुङ्गा पूरा गर्ने कम्पनी हुन्डाई बनेको छ। यो कोशेढुङ्गा पार भएको अवसरमा हुन्डाई मोटर्सले कोरियाको उल्सान प्लान्टमा एक समारोहको आयोजना गरेको थियो।

यस अवसरमा कम्पनीले १० लाख १औँ गाडी आयोनिक–५ सिधैं ग्राहकलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा ‘१० करोड १औँ’ को सम्झनामा एउटा सेलिब्रेटरी डिस्प्ले पनि राखिएको थियो, जसलाई हुण्डाई मोटरको विगतका उपलब्धिहरूलाई आधारभूत रूपमा एक कदम अगाडि बढाउने प्रतिवद्धताको प्रतीकका रुपमा लिइएको छ।

१० करोड सवारी साधनको विश्वव्यापी उत्पादनमा पुग्नु अर्थपूर्ण कोशेढुङ्गा भएको भन्दै कम्पनीका प्रतिनिधिहरु हर्षित भएका छन्। यस सफलताले अर्को १० करोडको यात्रामा पाइला अघि बढाउन हौसला मिलेको कम्पनीका प्रतिनिधिहरुले भनेका छन्।

‘हुण्डाई मोटरका प्रत्येक कर्मचारीले आफ्नो कडा परिश्रम र समर्पणबाट १०० मिलियन युनिटहरू उत्पादन गर्न योगदान पुर्‍याएका छन्’, हुन्डाई मोटर कम्पनीका डोमेस्टिक प्रोडक्शनका प्रमुख र प्रमुख सुरक्षा अधिकृत डोङ सियोक लीले भने, ‘यो शुभ अवसर हुन्डाई मोटरले नेतृत्व गर्ने विद्युतीकरणको भविष्यको युगतर्फको पहिलो कदम मात्र हो।’ नेपालमा लक्ष्मी ग्रुपले हुन्डाईका गाडी आयात तथा उत्पादन गर्दै आएको छ।

Shivam cement

प्रकाशित: Oct 02, 2024| 20:29 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्