शुक्रबार, चैत २०, २०८२

रुप्सामा फस्टाउँदो किवीखेती, किसानलाई बिक्रीको चिन्ता

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

मान्म- कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ। किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो।

National life

यहाँको नरहरिनाथ गाउँपालिका-५ रुप्सामा किवी खेती फस्टाएको छ। तर, किसानलाई बिक्रीको चिन्ता छ।

रुप्साका अगुवा किसान जसमल बोगटीले यस वर्ष मात्रै पाँच क्विन्टल किवी उत्पादन गरे। तर, उत्पादित किवीको बजारीकरणमा समस्या भयो। 'बोटमै किवी पाक्न थालेपछि बजार र मूल्यको तनाव हुन्छ', उनले भने, 'यहाँ सडक नपुगेकाले बजारमा कहाँ लैजानु। बाटोमा पहिरो आएर पैदल हिँड्न पनि सकिन्नँ।'

रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर ल्याएर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई किवीको बेर्ना निःशुल्क दिने गरेको र भविष्यमा गाउँलाई किवी उत्पादनले चिनाउने लक्ष्य राखेको बताए। 'यसवर्ष उत्पादन भएकोमध्ये कसरी कहाँ बिक्री गरौँ भन्ने छ। आउने दिनमा केही भइहाल्ला', उनले भने, 'कता लैजाने र कहाँ बिक्री गर्ने भन्ने अन्योल छ।'

उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनको भनाइ छ। 'यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले व्यावसायिक खेती सुरु गरेका थिए', उनले भने, 'तर, उत्पादनसँगै बजारीकरणको समस्या भएको छ।'

kumari

नरहरिनाथ गाउँपालिकामा किवी, अलैँचीलगायतबाट राम्रो आम्दानी हुने सम्भावना देखिएको स्थानीय रामबहादुर बटालाले बताए। 'यहाँका किसानले किवी अलैँची तथा जडिबुडीको खेती राम्रो गर्नुभएको छ,' उनले भने, 'यसवर्ष वडा नं. ५ को रुप्सामा किवी उत्पादन राम्रो भयो।'

नरहरिनाथ गाउँपालिका-९ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीपकुमार बोहोराले किवीको व्यावसायिक खेतीको उत्पादनलाई बजारीकरण आवश्यक देखिएको बताए। रासस

प्रकाशित: Sep 09, 2024| 21:01 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्