शुक्रबार, पुस ४, २०८२

सुरक्षाकर्मीले पर्सामा गरे संयुक्त उद्धार अभ्यास

 |  बिहीबार, भदौ १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१

पर्सा- पर्सा जिल्लामा बाढी र मनसुनजन्य वर्षाको कारण हुन सक्ने डुबानबाट मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले वीरगन्जमा आज जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ।

National life

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको संयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीलगायत निकायको समन्वयमा वीरगञ्ज महानगरपालिका–१० मा रहेको घडीअर्वा पोखरीमा संयुक्त उद्धार अभ्यास गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सा जिल्ला जलउत्पन्न विपद्को जोखिममा पर्ने भएकाले पनि विपद्को समयमा प्रभावकारी ढङ्गले उद्धारकार्य गर्न पूर्वअभ्यास गरिएको बताए । ‘पर्सा विशेषगरी बाढी, डुबान, नदीकटान र आगलागीको उच्च जोखिममा रहेको छु’ उनले भने, ‘जलउत्पन्न प्रकोपको सम्बन्धमा आज हामीले पूर्वतयारीको अभ्यास गर्‍यौँ। आगामी दिनमा नेपाली सेनाको संयोजनकमा आगलागी सम्बन्धित पूर्वअभ्यास गर्नेछौँ।’

प्रमुख जिल्ला अधिकारी भुसालले विपद्जन्य कार्यमा उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी र अभ्यास गर्न जरुरी रहेको बताए । सशस्त्र प्रहरी बल नेपालको अगुवाइमा भएको संयुक्त उद्धार अभ्यासमा नदीमा फसिरहेका सर्वसाधारणलाई उद्धार कसरी गर्ने विषयमा अभ्यास गरिएको थियो।

सो अभ्यासका क्रममा नदीमा बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट पार गराइएको थियो । पानीको बहाव धेरै भएको खण्डमा भने अग्लो स्थानमा वारि–पारि डोरी टाँगेर हार्नेस, चेस्ट हार्नेस, क्याराबिनाका सहायतामा पीडितलाई सुरक्षित स्थानतर्फ लैजाने अभ्यास गरिएको थियो।

Laxmi sunrise bank
kumari

यसैगरी, अन्डरवाटर र अप्परवाटर दुवै विधिबाट क्रस गराउन नसकिने बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार गरिएको थियो। सो अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी पनि गरिएको थियो।

पर्सा समुद्री सतहबाट पाँच सय २३ मिटरको औसत उचाइमा रहेको छ। हरेक वर्ष वर्षाको समयमा जिल्लाको पश्चिम क्षेत्र डुबान, बाढी तथा कटानबाट धनजनको क्षति पुर्‍याउने गर्छ। 

पर्सामा चुरे क्षेत्र हुँदै बग्ने ओरिया, सिर्सिया, गङ्गोल, नौरङ्गिया, तिलावे, सिक्टा नदीका साथै ठुटेखोला, ओडारखोला सिकारीबास खोला रहेका छन्। मौसमजन्य विपद्अन्तर्गत नेपाल विश्वमा ११औँ स्थानमा पर्छ।

प्रकाशित: Aug 29, 2024| 13:50 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्