शनिबार, जेठ १६, २०८३

झापामा थप १२ सय हेक्टर जमिनमा सिँचाइ सुविधा

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

झापा- झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ। जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ। योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो।

National life

आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ। गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ।

गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताए।

'आव २०७९/८० देखि २०८३/८४ सम्म पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत दुई वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन', उनले भने।

आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि पाँच वर्षमा दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ। दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ। रासस

Shivam cement

प्रकाशित: Aug 13, 2024| 18:31 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्