सोमबार, मंसिर २९, २०८२

नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

काठमाडौं- कोभिड-१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ। उक्त अवरोध हटेपछि नेपाल-भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ।

National life

यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवसँगको शिष्टाचार भेटमा भारतसित जोडिएका नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा छलफल गरेका थिए।

भारतीय पक्षले साउनको दोस्रो सातादेखि अध्यागमन सेवाको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएको बाहेक भारतसित जोडिएका मुलुकका सबै नाकाबाट पर्यटक आवागमन सहज भएको जानकारी दिए।

अध्यागमन विभागका प्रवक्ता प्रेम दाहालले कोभिड-१९को कहरपछि भारतीय पक्षबाट अध्यागमन सेवा पुनः सुचारु हुँदा पर्यटकलाई सहज भएको जानकारी दिए। उनले नाका सहज भएयता काँकरभिट्टा नाकाबाट ७८ जना तेस्रो मुलुकका पर्यटक भारततर्फ गएको र सो नाकाबाट एक सय १४ जना नेपाल भित्रिएको बताए।

Laxmi sunrise bank
kumari

यसै अवधिमा कैलालीको मोहनाबाट एकजना तेस्रो मुलुकका पर्यटक भित्रिएका छन् भने वीरगञ्ज नाकाबाट ३० जना बाहिरिनुका साथै ३७ जना पर्यटक नेपाल प्रवेश गरेको उनले जानकारी दिए। कञ्चनपुरको गड्डाचौकी नाकाबाट नौ जना तेस्रो मुलुकका पर्यटक बाहिरिनुका साथै १२ जना भित्रिएका छन्। रासस

प्रकाशित: Aug 13, 2024| 19:31 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्