शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस काउन्सिलले देशव्यापी रचनात्मक पत्रकारिता अभियान चलाउने

प्रेस काउन्सिलले देशव्यापी रचनात्मक पत्रकारिता अभियान चलाउने

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

काठमाडौं- सञ्चार क्षेत्रको प्रवर्द्धन र प्रभावकारिताका लागि प्रेस काउन्सिल नेपालले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने भएको छ।

National life

हरेक क्षेत्रमा नकारात्मकता छाएको र सामाजिक सञ्जालले त्यसमा मलजल गरेको निष्कर्ष साथ काउन्सिलले फरक धारको पत्रकारिताका लागि विभिन्न काम गरिरहेको जानकारी दिएको हो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशा जगाई, हरेक काममा प्रभावकारिता ल्याउन फरक धारको पत्रकारिता जरुरी भएको बताए।

विभिन्न लेखक एवं सञ्चारकर्मीहरूसँग सोमबार काउन्सिलमा भएको अन्तर्क्रियामा अध्यक्ष बस्नेतले भने,‘ हरेक क्षेत्र, व्यक्ति, संस्था असफल भएको भाष्य निर्माण गर्न जानीजानी मिडिया क्षेत्र पनि लागेको देखिएको छ। सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ। यो बेला मिडियाले रचनात्मक र सृजनात्मक पत्रकारिता गरी गलत भाष्यलाई चिर्नुपर्ने जरुरी भएको छ। ’

अध्यक्ष बस्नेतले समाजमा देखिएका बेथिति र समस्यालाई प्रश्न उठाउनुपर्ने र पत्रकारले त्यसमा समाधानका विकल्पहरू समेत औँल्याउनुपर्ने सुझाव दिए।

Shivam cement

‘अब यो भएन, त्यो भएन भन्ने प्रश्न मात्र त सामाजिक सञ्जालबाटै आम मानिसले उठाउन सक्छन्। सञ्चारकर्मीले त्यो भन्दा माथि उठी, रचनात्मक भई समाधानका विकल्पहरू पस्किनुपर्छ। सबैतिर नकारात्मकता र नैराश्य पक्कै छैन। आशाको बाटो डोर्‍याउने काम समेत पत्रकारिताको हो,’अध्यक्ष बस्नेतले भने।

प्रकाशित: Aug 13, 2024| 09:56 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्