शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्थानीय तहको उपचुनाव मंसिरमा गर्न सुझाव

 |  सोमबार, साउन २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल गरेका छन्।

triton college

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका थिए। मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्नेछ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए।
 

प्रकाशित: Aug 12, 2024| 18:23 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्