बिहीबार, असार १२, २०८२

कांग्रेस केन्द्रीय समिति बैठक भदौ ७ सम्मलाई स्थगित

 |  सोमबार, साउन २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गते बस्ने गरी स्थगित भएको छ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरिएको हो। पदाधिकारी र पूर्वपदाधिकारीले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

सोमबारको बैठकमा चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्यलगायतले धारणा राखेका छन्। धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले वर्तमान सरकार सफल हुनुपर्ने, सुशासनका विषयमा खरो उभिनुपर्ने, पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका विचारलाई समावेश गरेर परिमार्जन पारित गर्ने र र समसामायिक विषयमा समेत निर्णय लिने महतले बताए। सोमबारको बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्म जयन्तीका अवसरमा उच्च सम्मान साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको छ।

प्रकाशित: Aug 12, 2024| 18:13 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्