आइतबार, मंसिर २८, २०८२

एनसेलको सेवामा समस्या, कम्पनीले माग्यो माफी

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

काठमाडौं- देशभर आज एनसेलको सेवामा समस्या आएको छ। एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा केही समय अवरुद्ध भएको हो।

National life

आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ।

एनसेलका अनुसार दिउँसो ३:४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो।

'आज सोमबार, साउन २८ गते दिउँसो ३:४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको अवगत गराउन चाहन्छौं । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं र अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जानकारी गराउन चाहन्छौं,' कम्पनीले भनेको छ। अहिले सेवा सुचारु भइसकेको छ।

प्रकाशित: Aug 12, 2024| 17:11 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्