बिहीबार, चैत २६, २०८२

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन्।

National life

मन्त्रालयमा आज भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत भारतसँग आग्रह गरेकी थिइन्।

मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन्।

सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा. राणाले उठाएकी थिइन्। 

kumari

सो विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 12, 2024| 15:02 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्