शनिबार, जेठ १६, २०८३

बैतडीमा पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा 

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१
National life
Shivam cement

बैतडी- वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन्। डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा रु १५ लाख बराबरको क्षति पुगको बताए। पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि  जोखिममा रहेका जनाइएको छ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई  स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताए। यसैबीच वर्षात्का  समयमा विपद्का घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ।

प्रकाशित: Aug 12, 2024| 13:43 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्