सोमबार, मंसिर २९, २०८२

जंगलमा मानव कंकाल फेला, युवतीको हुन सक्ने आशंका

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

म्याग्दीको बेनी नगरपालिका–९ आंखखेत कालीमुलको जंलमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ।  

National life

शव गाडिएको ठाउँ नजिकै सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गंगटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयका अनुसार कंकाल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको छ।

उक्त कंकाल २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियारको भएको आफन्तले बताएका छन्।

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 12, 2024| 08:24 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्