सोमबार, मंसिर २९, २०८२

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

पर्वत- पर्वतको जलजला गाउँपालिका– ८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल छिन्। विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु. १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन्।

National life

तीनवटा गुम्बज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र  कुश्माबजारमा खपत हुने गरेको उनी बताउँछिन्। ‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन,’ उनले भनिन्। गोब्रे च्याउ प्रतिकेजी रु. पाँच सय र कन्ये रु. दुई सयमा बिक्री हुँदै आएको छ।

कच्चा पदार्थसहितका साम्रगी तयार गरेकी खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भेन्टा, खुर्सानी, धनियाँ पनि उत्पादन गर्दै आएकी छिन्। ‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहयोग गर्ने गरेकी छु,’ खत्रीले भनिन्। श्रीमानकाे सहयोगमा उत्पादित सागसब्जी बजार पुर्‍याउने गरेको उनले सुनाइन्।

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आकर्षण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए। ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ,’ उनले भने।

प्रकाशित: Aug 11, 2024| 20:31 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्