शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिरियलका इन्स्पेक्टर र पूर्वमन्त्री जुवातास खेल्दै गर्दा पक्राउ

सिरियलका इन्स्पेक्टर र पूर्वमन्त्री जुवातास खेल्दै गर्दा पक्राउ

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१
National life
Shivam cement

काठमाडौं- चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’का कलाकार पुरुषोत्तम शर्मासहित ११ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। यो टिभी सिरियलमा उनले प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्दै आएका छन्।

काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा शर्मासहित बुद्धिकुमार राजभण्डारी, उत्तमप्रसाद राई, वीरबहादुर राई, अनिश तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन्। भण्डारी कोशी प्रदेशका पूर्वमन्त्री हुन्।

काभ्रेको बनेपा नगरपालिका-१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।  प्रहरीले उनीहरुको साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रकाशित: Aug 11, 2024| 16:07 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्