सोमबार, मंसिर २९, २०८२

सडक बगेपछि साल्पासिलिछोमा आवतजावत कष्टकर

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

भोजपुर- इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएको छ।यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो।

National life

बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए। बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताए। बाढीबाट पाँच करोड रूपैयाँ बराबरको क्षति भएको उनको अनुमान छ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए। गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उनले बताए। बाटो बनाउन १० करोड रूपैयाँ लाग्ने उनको अनुमान छ।

क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नुको विकल्प आफूहरूसँग नभएको पनि उनले बताए।

बाढीले वडा नं १ गौडेनी पुलमा एक करोड ५० लाख रूपैयाँ, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा एक करोड रूपैयाँ, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा एक करोड रूपैयाँ र भमला ढाँडगाउँ पुलमा १० लाख रूपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ।

Laxmi sunrise bank
kumari

यसैगरी, वडा नं ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा ४० लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ। रासस

प्रकाशित: Aug 11, 2024| 18:31 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्