सोमबार, मंसिर २९, २०८२

बाँकेमा सहकारी ठगीका उजुरी संकलन

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

नेपालगञ्ज- बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी संकलन गरेको छ।

National life

हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब ६ सय बचतकर्ताको उजुरी संकलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

उनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी संकलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताए।

प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो। 'अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,' प्रनाउ डाँगीले भने। 

प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी संकलन गरेको जनाएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 11, 2024| 18:01 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्