सोमबार, मंसिर २९, २०८२

धानको ढुसी रोकथाम गर्न निःशुल्क विषादी वितरण

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

पर्वत- ढुसीजन्य रोगको प्रकोपबाट पीडित बनेका यहाँका किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ। यहाँका किसानले लगाएको धानबालीमा ढुसीजन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निःशुल्क विषादी वितरण गरिएको हो।

National life

धान रोपको महिना दिनपछि धानका जरा कुहिने (फुट रुट) र पात पहेँलिने (सेट ब्लाइट)को प्रकोप फैलिएपछि किसानहरु पीडित बनेका थिए। गाँज राख्ने बेलाका धानबालीमा प्रकोप फैलिएर खेत नै खाली हुन थालेपछि नमूना संकलन गरी क्षेत्रीय बाली विज्ञान प्रयोगशालामा पठाइएकामा जरा कुहिने र डढुवा रोग लागेको पुष्टि भएको थियो।

यो ढुसीजन्य रोगका कारण फैलिएको प्रकोप भएको पुष्टि भएपछि किसानलाई तत्काल नियन्त्रणका लागि आवश्यक मात्रामा औषधि वितरण गरिएको फलेवास नगरपालिकाका कृषि शाखाका प्रमुख केदार सापकोटाले जानकारी दिए।

फलेवासको कृषि शाखा, कृषि ज्ञान केन्द्रबाट र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइबाट पर्याप्त मात्रामा औषधि र औषधि छर्नका लागि आवश्यक यन्त्र उपकरण तथा तालिम प्रदान गरिएको हो। किसानलाई तत्कालका लागि बेभिष्टिन, भेलिडामाइसिन, बम्पर बोनस जस्ता विषादी वितरण गरिएको थियो।

प्रयोगशालाबाट आएको रिपोर्टका आधारमा जिल्लाका सबै किसानलाई विषादी सिफारिस गरिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत सोविता सुवेदीले जानकारी दिइन्। विषादीको प्रयोगसँगै कृषकलाई विषादी हालेपछि अपनाउनुपर्ने अन्य उपायका बारेमा समेत अभिमूखीकरण गरिएको छ।

Laxmi sunrise bank
kumari

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरीकन लगाइएका कारण धानबालीमा ढुसी रोग फैलिएको बताए। धानले गाँज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नका लागि विषादी वितरण गरिएको छ।

अब किसानले विषादीसँगै बाली जोगाउनका लागि रोगी बोट तत्कालै हटाउने, साँझ ४ बजेपछि विषादी छर्किनुपर्ने, पानीको निकास दिनुपर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग गर्न नहुने सुझाव दिएको बताए।

फलेवास वडा नं ९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठो बुढो धानखेतीमा ढुसी र फट्याङ्ग्राले नष्ट गरेको स्थानीय किसान लोकप्रसाद काफ्लेले बताए। ठूलो लगानी गरेर धानखेती गरे पनि समयमै रोग लागेर नष्ट गरिदिएको उनको गुनासो रहेको छ । विषादी प्रयोग गरेपछि रोगकीराको प्रकोप न्यूनीकरण हुँदै गएको उनको भनाइ छ। 

रैथाने जातका धान र खुमल-४ तथा जेठो बुढो धानलगायत ठाउँमा ढुसीको प्रकोप बढी देखिएको थियो। जिल्लाको झन्डै एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा प्रकोपको समस्या देखिएको थियो।

सबै ठाउँमा पर्याप्त विषादी वितरण गरिएकाले अब थप क्षति हुन जोगिनाका साथै धानबालीसमेत सप्रिँदै जाने अपेक्षा गरिएको नगर कृषि सञ्जाल फलेवासका संयोजक विनोद भुसालले बताए। रासस

प्रकाशित: Aug 11, 2024| 21:01 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्