बिहीबार, असार १२, २०८२

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

 |  आइतबार, साउन २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

vianetvianet

बैतडी- लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

बैतडीको सिगास गाउँपालिका-९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन्। सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। 'वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ', उनले भने।

प्रकाशित: Aug 11, 2024| 15:34 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्