काठमाडौं- नेपालको स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ। स्वदेशी उपग्रह मुनाल नेपाली अन्तरिक्ष स्टार्टअपद्वारा विकास गरिएको हो।
मुनाल स्याटेलाइट प्रक्षेपण गर्न अनुदान सहयोगका निम्ति भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडका अधिकारीबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा. आभास मास्केको समेत उपस्थित रहेको भारतीय विदेश मन्त्रालयले जानकारी गराएको छ ।