मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मानसिक सन्तुलन बिग्रिएको व्यक्तिद्वारा नाबालिग भतिजीको हत्या

मानसिक सन्तुलन बिग्रिएको व्यक्तिद्वारा नाबालिग भतिजीको हत्या

 |  शनिबार, साउन २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१

National life
Laxmi sunrise bank
kumari

सुनसरीको इटहरीमा काकाले इटहरीमा डेढ वर्षीया नाबालिग भतिजीको ब्लेडले चिरेर हत्या गरेका छन्। इटहरी उपमहानगरपालिका- ५ मा डेरा गरी बस्ने शालिग्राम लुइँटेलले भतिजीको क्रूरतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ।

शालिग्रामले भतिजी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेको इटहरी प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ब्लेडसहित शालिग्रामलाई नियन्त्रणमा लिएको जनाएको छ। शालिग्रामले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगी जस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन्।

प्रकाशित: Aug 10, 2024| 19:05 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्