मंगलबार, पुस १, २०८२

गाडिएका गहना प्रहरीले खोतलेर निकाल्यो

 |  शनिबार, साउन २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१

कैलालीको धनगढी उप-महानगरपालिका-४ बसपार्कस्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ।

National life

उपमहानगरपालिकाकै वडा नम्बर १ बस्ने  गीता भण्डारीले सञ्चालन गरेको खाजा पसल भित्र तथा सोही नजिक निजले भाडामा लिएको जमिनमा गाडिएको अवस्थामा ती गरगहना फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जमिनमा खाल्डो बनाई लुकाई राखेको अवस्थामा शनिबार नौगेडी १ थान , मङ्गलसूत्र १ थान, बरमाला १ थान, फेन्सीमाला  १ थान, पत्थरवाला माला १ थान, बाला १ थान , ठुलो टप २ जोर (चार पिस), विभिन्न प्रकारका सानो टप (१३पिस), अँगुठी १ थान, सिक्री १ थान, हिरा जस्तो देखिने सिक्री १ थान, र नगद रु. ३४६ रुपैयाँ बरामद गरिएको छ।

प्रहरीले चोरीको आरोपमा हर्कबहादुर गिरीलाई पक्राउ गरी चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Aug 10, 2024| 19:04 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्