शनिबार, जेठ १६, २०८३

कुलमानको समर्थनमा माइतीघरमा युवा

 |  शनिबार, साउन २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

National life

युवाहरुले माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका थिए।

उनीहरुले ‘विद्युत प्राधिकरण डुबाउन पाइँदैन, जनतालाई महँगीको मार बिजुली चोरलाई कर छुट उपहार, अँध्यारो र उज्यालोको फरक छर्लङ्ग छ, ६४ अर्ब ६१ करोड नोक्सानीमा रहेको प्राधिकरण कुलमान आएयता ४७ अर्ब ४१ करोड सञ्चित नाफामा’लगायत विभिन्न नारा लेखेको ‘प्ले कार्ड’ बोकेका थिए।

सरकारले षड्यन्त्र गरेर कुलमानलाई हटाउन खोजेको भन्दै युवा सडकमा उत्रिएका हुन्। 

प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बब्लु गुप्ता, सोम शर्मा, शिव साउद, हेमराज थापा, मदन बुढा र विजय कँडेल रहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 10, 2024| 17:28 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्