मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मनमोहन अस्पतालको छैटौं तलाबाट हामफाले युवक, घटनास्थलमै मृत्यु

मनमोहन अस्पतालको छैटौं तलाबाट हामफाले युवक, घटनास्थलमै मृत्यु

 |  शनिबार, साउन २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१

काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु भएको छ।

National life

शनिबार दिउँसो छैटौं तलामा रहेको क्याफेको रेलिङबाट उनी हामफालेका थिए।

प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ बस्ने २१ वर्षीय स्वरूप आचार्य छन्। दिउँसो अस्पताल पुगेपछि उनले छैटौं तलामा रहेको क्याफेमा कफी खाएका र त्यसपछि रेलिङबाट हामफालेको प्रहरीले बताएको छ।

युवकको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रकाशित: Aug 10, 2024| 17:24 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्