मंगलबार, पुस १, २०८२

कारागारबाट कैदी भाग्दा झडप, १२ जनाको मृत्यु

 |  शनिबार, साउन २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१

ढाका- पूर्वप्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बंगलादेशका दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। राजधानी ढाकाको उत्तरमा रहेका दुई कारागारका आक्रोसित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेका थिए। 

National life

जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार ६ जना कैदीको मृत्यु भएको वार्डेन अबु फताहले बताएका छन्। कैदीहरूले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए।  

कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको फताहले बताएका छन्। कैदीहरूको गतिविधि अराजक भएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।

त्यसैगरी उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगलबार कैदीहरू भाग्ने प्रयासका कारण भएको झडपमा अन्य ६ जना कैदीको मृत्यु भएको छ। झडपका क्रममा उक्त जेलबाट करिब दुई सय कैदीहरू भागेका छन्।

हसिना सरकारविरुद्ध विरोध प्रदर्शन शुरू भएदेखि बंगलादेशभरी कैदीबन्दीहरू जेलबाट भाग्ने प्रयासमा छन्। पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट पाँच सयभन्दा बढी कैदी भागेका थिए ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 10, 2024| 15:34 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्