शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बंगलादेशमा आन्दोलनकारीले सर्वोच्च अदालत घेरे, प्रधानन्यायाधीशद्वारा राजीनामा

बंगलादेशमा आन्दोलनकारीले सर्वोच्च अदालत घेरे, प्रधानन्यायाधीशद्वारा राजीनामा

 |  शनिबार, साउन २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१

काठमाडौं- बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्।

National life

उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका द डेली स्टारले जनाएको छ।

शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका छन्।

अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए। हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको बताएका छन्।
 

Shivam cement

प्रकाशित: Aug 10, 2024| 14:34 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्