मंगलबार, पुस १, २०८२

कास्कीमा डेंगु संक्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी

 |  शुक्रबार, साउन २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २५, २०८१

गण्डकी- कास्कीमा बुधबार एकै दिन ४० जना डेङ्गी सङ्क्रमित भेटिएका छन्। योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। गत पुस यता यहाँका तीन सय ६२ जनामा डेङ्गीको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।

National life

‘समयमा नियन्त्रण गर्न नसके डेङ्गीले भयावह रुप लिन सक्छ’, उनले भने, ‘पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेङ्गीको सङ्क्रमण फैलिएको छ।” उनले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए। डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए। चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उनको भनाइ छ। समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताए।

पोखरा महानगरपालिका डेङ्गीबाट बढी प्रभावित रहेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए। उनका अनुसार जिल्लाभरिका सङ्क्रमित तीन सय ६२ मध्ये तीन सय १९ सङ्क्रमित पोखरा महानगरपालिकाभित्रका हुन्। सबैभन्दा धेरै वडा नं ८ मा १६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ।

गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेङ्गी लागेको थियो। तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए। ‘असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहन्छ, यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो’, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 09, 2024| 07:35 शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्