आइतबार, मंसिर २८, २०८२

स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

National life
Laxmi sunrise bank
kumari

नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन्।

विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका पाँच जनाको टोलीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

उहाँका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशीष गुप्ता, ३९ वर्षीय पङ्कज जैसवाल र ४६ वर्षीय बीमल गुप्ता पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रनाउ डाँगीले बताए। 

प्रकाशित: Aug 08, 2024| 20:20 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्