शनिबार, जेठ १६, २०८३

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१
National life
Shivam cement

नेपालगन्ज- बाँकेको राप्तीसोनारी गाउँपालिका–९ झिझरी खोला नजिक आज बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ। 

कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको बसले ओलीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ। 

प्रकाशित: Aug 08, 2024| 20:09 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्